जेन जी र नेपाली सेनाबिच आज वार्ता
काठमाडाैं | भदौ २६, २०८२
काठमाडौं: जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन ।
नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो ।
जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको बताएका छन् ।
जेनजी आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु भइसकेको छ । एक हजारभन्दा बढी घाइतेहरूको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

